वर्ल्ड मर्चेन्टमा नयाँ समूह प्रवेशसँगै नाम परिवर्तन गरेर ‘समृद्धि फाइनान्स’,कारोबार सुरु

काठमाडौं,२५ कात्तिक । वर्ल्ड मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले समृद्धि फाइनान्सको नामबाट कारोबार सुरु गरेको छ।

नेपाल राष्ट्र बैंकले वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीलाई समस्याग्रस्त संस्थाबाट मुक्त गरेपछि सोमबारदेखि फाइनान्सको नामबाट कारोबार सुरु गरेको हो ।

एक कार्यक्रमका बीच राष्ट बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले औपचारीक रुपमा फाइनान्सको कारोबार समुद्घाटन गरे ।

नयाँ समूहले लिएको फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो।

मकवानपुरमा केन्द्रीय कार्यालय रहेको फाइनान्सको चुक्ता पूँजी १८ करोड १९ लाख रुपैयाँ छ। राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी पुर्याउन फाइनान्सलाई अझै ६१ करोड ८१ लाख रुपैयाँ आवश्यक पर्छ।

केन्द्रीय बैंकले फाइनान्स कम्पनीलाई न्यूनतम ८० करोड रुपैयाँ चुक्ता पूँजी कायम हुनुपर्ने व्यवस्था गरेको छ।

आवश्यक पूँजी जुटाउन फाइनान्सले हकप्रदको बाटो रोज्ने भएको छ। नियामक निकायबाट हकप्रद निष्काशनको लागि स्वीकृति प्राप्त भइसकेकाले छिट्टै नै हकप्रद जारी गर्ने कम्पनीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here