देशभर चिसो बढ्दै,काठमाडौंको तापक्रम यो वर्षकै कम

?

काठमाडौं,२६ कात्तिक । दिनप्रतिदिन काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । न्यूनतम तापक्रम स्थिर रहे पनि काठमाडौंमा बिहान र बेलुका बढी चिसो भएको छ।

जाडोयाम भएकाले तापक्रममा फेरबदल भई चिसो क्रमशः बढ्दै जाने मौसमविद्ले बताएका छन्। मंगलबार काठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै कम देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको तापक्रम १०.८ डिग्री सेल्सियस मापन गरिएको हो। यो यस वर्षकै कम तापक्रम भएको मौसमविद्ले बताएका छन्।

सोमबार काठमाडौं उपत्यकाको तापक्रम ११ डिग्री सेल्सियस थियो। यसअघि गएको ७ गते काठमाण्डौको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियसमा झरेपनि त्यसपछि बढेर १२ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको थियो ।

अब बिस्तारै तापक्रम अझै घट्दै जाने मौसमविद्ले बताएका छन् ।

कस्तो रहन्छ आगामी तीनदिन

मंगलबार

दिउँसो: देशको पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि तथा मध्य र पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदलि रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदलि रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

बुधबार

दिउँसो: देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।

राती: देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।

बिहिबार

दिउँसो: देशको पश्चिमी भू-भागमा सामान्य बदलि तथा मध्य र पूर्वी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी पहाडी भू-भागको १/२ स्थानमा हल्का वर्षा को सम्भावना रहेको छ ।

राती: देशको पश्चिमी भू-भागमा सामान्य बदलि तथा मध्य र पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी पहाडी भू-भागको १/२ स्थानमा हल्का वर्षा को सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here