चाबहिलमा महालक्ष्मीको शाखा

काठमाडौं ६, चैत ।

महालक्ष्मी विकास बैंकले काठमाडौंको चाबहिलमा शाखा विस्तार गरेको छ । मुलुकभर सेवा विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका ७ मा नयाँ शाखा विस्तार गरेको हो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले शाखा उद्घाटन गरेका हुन । शाखा उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको बताए ।

आगामी दिनमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पुर्याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here