सीएनआईको दाबीपछि धितोपत्र बोर्डबाट एफएनसीसीआई र आइक्यान पनि हटाइदै

काठमाडौं २७, कात्तिक । नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समितिमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) हटाइने भएको छ ।

संशोधनको प्रक्रियामा रहेको नेपाल धितोपत्र ऐनमा सो व्यवस्था प्रस्ताव गरिएको छ । सोही अवस्थामा ऐन पारित भए सेबोन सञ्चालक समितिको संरचना परिवर्तन हुनेछ । नयाँ बन्ने समितिमा एनएनसीसीआई र आइक्यानका प्रतिनिधि रहने छैनन ।

बोर्डको सञ्चालक समितिका आइक्यान र महासंघ सहभागी हुँदा स्वार्थ बाझिने भएको भन्दै उक्त व्यवस्था प्रस्ताव गरिएको स्रोतले बताएको छ । यो व्यवस्था अर्थमन्त्रालयमा थपिएको हो ।

बोर्डको विशेष आग्रहमा उक्त व्यवस्था थप गरिएको बताइएको छ । पछिल्ला केही वर्ष यता नेपाल उद्योग परिसंघ (सीएनआई) ले पनि बोर्डमा प्रतिनिधि दाबी गर्दै आएको थियो ।

एकातिर स्वास्र्थ बाँझिने र अर्कोतिर सीएनआई, चेम्बरलगायत संस्थालाई पनि स्थान दिनुपर्ने भएपछि उक्त व्यवस्था नै हटाउन लागिएको हो ।

आइक्यान चार्टर्ड एकाउन्टेन्टहरूको संस्था हो । उनीहरूले सूचीकृत कम्पनीको वित्तीय विवरण लेखापरीक्षण गर्र्छन । तीनै सूचीकृत कम्पनी नियमन गर्ने संस्थामा बस्दा स्वार्थ बाझिने भएकाले राम्रो नहुने भएकाले हटाउन प्रस्ताव गरिएको स्रोतले बताएको छ ।

महासंघका अधिकांश पदाधिकारी पब्लिक कम्पनीसँग आबद्ध छन् । उनीहरू सक्रिय रूपमा सेयर कारोबारमा पनि संलग्न हुन पाँउछन् । एउटै व्यक्ति सेयर कारोबारी, सूचीकृत कम्पनीका मालिक र सञ्चालक हुँदा स्वार्थ बाझिने भएकाले तीनलाई बोर्डबाट हटाउन प्रस्ताव गरिएको जनाइएको छ ।

अहिले बोर्डको सञ्चालकमा अध्यक्षसहित ६ जना सदस्य रहने व्यवस्था छ । जसमध्ये अर्थ मन्त्रालयको सहसचिव, कानुन मन्त्रालयको सहसचिव, महासंघको उपाध्यक्ष, आइक्यानको उपाध्यक्ष, राष्ट्र बैंकको कार्यकारी निर्देशक र स्वतन्त्र सदस्यका रूपमा विज्ञ सदस्य रहन्छन । अहिले सात सदस्यीय सञ्चालक समिति घटाएर पाँच सदस्यको बनाउन प्रस्ताव गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here