कोका–कोला क्यापका विजेतालाई गाडी हस्तान्तरण

काठमाडौं, २७ कात्तिक । कोका–कोलाले आफ्नो यो वर्षको ठुलो प्रवद्र्धन क्याम्पेन ‘कोका–कोला क्यापमा कार’ को विजेतालाई गाडी हस्तान्तरण गरेको छ ।

बुधवार एक कार्यक्रमका बिच बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले हेटौंडाका अम्बर बहादुर गुरुङलाई बम्पर उपहार टाटा टियागो गाडी हस्तान्तरण गरेका हुन् ।

यो क्याम्पेनमा प्रत्येक घण्टा (हावर्ली) लक्की ड्र उपहार अन्तर्गत ३२० जनाले एलजी एलईडी टिभी जित्न सफल भएका थिए ।

कोका–कोलाको यो अभियानमा नेपालका विभिन्न शहर पोखरा, सिन्धुपाल्चोक, विराटनगर, विरगञ्ज लगायतको स्थानबाट उपभोक्ताहरु विजेता भएका थिए ।

बम्पर लक्की ड्र का विजेता अम्बर बहादुर गुरुङले भने, ‘म लाखौं सहभागी मध्य टाटा टियागो गाडीको विजेता हुन पाउँदा निकै खुसी छु । यो मेरो पहिलो गाडी हो । यस्तो अभियान ल्याएकोमा म कोका–कोला नेपाल प्रति आभार प्रकट गर्दछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here