यसरी राख्नुहोस् बच्चालाई स्वस्थ र फुर्तिलो

काठमाडौं । सरसफाई बच्चा, यूवा तथा वृद्ध सबैको लागि आवश्यक हुन्छ । जसमा बच्चाहरु यी कुराबाट अनविज्ञ हुन्छन् ।

बच्चाहरुलाई सानैदेखि सफा र स्वस्थ खानेकुरा खाने बानि सिकाउनु पर्छ । स्वस्थ खाना खानाले बच्चाको तिक्ष्ण बुद्धि, स्वस्थ र फुर्तिलो शरीर हुनुको साथै शरीरमा ऊर्जा पैदा गरि वृद्धि र विकाशमा गतिशिलता प्रदान गर्दछ।

सानैदेखि पौष्टिक खान प्रोत्षाहित गर्ने हो भने बच्चाहरु उमेर अनुसारको वृद्धि र विकास हुदै जान्छन ।

त्यसकारण बच्चाहरुको स्वास्थ्को लागि सबैभन्दा धेरै ध्यान दिनुपर्छ । बच्चाहरुलाई सफा सुग्गर बनाईराख्दा उनीहरुमा आकर्षण हुनका साथै आत्मविश्वास पनि बढ्छ ।
सानो उमेरबाट नै लागेको बानी सधैंको लागि हुने कारणले पनि बच्चाहरुलाई सानैबाट केही महत्वपुर्ण विषय जुन हाम्रो जीवनमा अत्यावश्यक हुन्छ त्यसको बारेमा ध्यान दिनुपर्छ ।

मुखमा ध्यान

मुखलाई स्वस्थ र सफा राख्नको लागि विशेष रुपमा ध्यायन दिनुपर्छ । यो विषयमा आफ्ना बच्चाहरुलाई सानो उमरबाट नै बताउनुपर्छ ।

— यो कुरामा ध्यान दिनुपर्छ कि तपाईंको बच्चाले कम्तीमा पनि २ पटक ब्रस गर्नुपर्छ भन्ने बानीको विकास गर्नुपर्छ । यस्तो गर्दा मुखको समस्याबाट बच्न सहयोग गर्छ
— सानै उमेरबाट दैनिक ब्रस गर्ने बानी बसाल्नुपर्छ
— दाँतको जाँच समयसमयमा गर्ने

शरीरको स्याहार

— बच्चाहरुलाई दैनिक रुपमा नुहाउने बानीको विकास गर्नुपर्छ । यस्तो गर्दा शरीर सफा हुनुका साथै मृत कोषहरु पनि बाहिर निस्कन्छ
— नुहाएको समयमा शरीरको सबै भागहरुको सफा गर्न पनि सिकाउनुपर्छ
— दैनिक रुपमा भित्री कपडाहरु पनि बदल्न सिकाउनुपर्छ

हातको स्वास्थ्य

— बच्चालाई हात धुने बानीको विकास गर्नुपर्छ । हात धोएर खाँदा हुने फाइदाहरुको बारेमा ध्यान दिनुपर्छ
— बच्चाहरुलाई खाना खानुभन्दा पहिले, शौचालय प्रयोग गरेपछि तथा अन्य कुनैपनि काम गरेपछि हात धुनुपर्छ भन्ने कुरा सिकाउनुपर्छ
— हात धुँदा साबन तथा अन्य केही ह्यान्ड वासको प्रयोग गर्न सिकाउनुपर्छ

खुट्टाको स्वास्थ्य

बच्चालाई हातको साथै खुट्टाको ख्याल राख्नको लागि पनि सिकाउनुपर्छ । खुट्टा फोहोर हुँदा विभिन्न प्रकारको स्वास्थ्य सम्बन्धी समस्या हुन्छ भन्ने कुरामा सिकाउनुपर्छ ।
— बच्चालाई दिनमा कम्तिमा पनि २ पटक खुट्टा धुनुपर्छ भन्ने कुरा सिकाउनुपर्छ । खुट्टा धुँदा औलाको काप कापमा पनि धुनुपर्छ भन्ने कुरा सिकाउनुपर्छ

शौचालय सम्बन्धी ज्ञान

बच्चालाई शौचालय प्रयोग र त्यसबाट हुने संक्रमणबाट बच्चने सन्दर्भमा ज्ञान दिनुपर्छ । यसमा शौचालयको प्रयोग कसरी गर्ने र शौचालयको प्रयोग गरेपछि सधैं सावनपानीले हात धुँनुपर्छ भन्ने कुरा सिकाउनुपर्छ ।

नङ सम्बन्धी ज्ञान

— बच्चालाई नङ सफा सुग्गर बनाईराख्नुपर्छ भन्ने विषयमा ज्ञान दिनुपर्छ । किनकी नङ फोहोर भएमा त्यसमा रोगका किटाणुहरु बस्छन् र जसले गर्दा हामीमा स्वास्थ्य सम्बन्धी समस्या हुन्छ भन्ने कुरा सिकाउनुपर्छ
— बच्चाको नङ टोक्ने बानी छ भने तत्काल यस्तो बानी छोड्न लगाउनुपर्छ । यस्तो बानीको कारण नङमा भएका किटाणुहरु मुखमा सिधाँ जाने गर्छन् ।

सुत्ने समय र विषयमा ज्ञान

— बच्चाहरुलाई ८ देखि १० घण्टासम्म सुत्ने बानी बसाल्नुपर्छ । उनीहरुलाई यो कुराको बारेमा सिकाउनुपर्छ कि निन्द्रा पुरा भएपछि मात्रै मानिस पुर्ण रुपमा फुर्तिलो हुन्छ
— हरेक दिन नाईट ड्रेस लयाएर मात्रै सुत्ने बानीको विकास गर्नुपछ । यस्तो गर्दा गहिरो निन्द्रा पर्छ
— बच्चालाई आफ्नो ओछ्यान सफा सुग्घर बनाउन सिकाउनुपर्छ । कम्तीमा पनि २ हप्तामा १ वटा तन्ना फेर्न सिकाउनुपर्छ
— बच्चालाई राति सुत्नुभन्दा अघि पिसाव फर्ने बानीको विकास गर्नुपर्छ । यस्तो गर्दा राति उठ्नु पर्दैन्

खानेकुरा सम्बन्धी ज्ञान

— हात र मुख पुछ्नको लागि सफा कपडाको प्रयोग गर्ने बानीको विकास गर्नुपछ
— कुनैपनि फलफुल खानुभन्दा पहिले धोएर मात्रै खानुपर्छ भन्ने कुरा सिकाउनुपर्छ

केही महत्वपुर्ण कुराहरु

— बच्चाहरुलाई जुत्ता चप्पलहरु प्रयोग गरेपछि एक निश्चीत स्थानमा राख्ने बानीको विकास गराउनुपर्छ
— फोहोर तथा अन्य काम नलग्ने सामानहरु डस्बीनमा राख्ने बानीको विकास गराउनुपर्छ ।
— आफ्ना कपडाहरु दराजमा राख्ने बानी बसाल्नुपर्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here