नेपाल भ्रमण वर्षको प्रचार-प्रसार तीव्र,तीन लाख सवारीमा लोगो राखिदै

काठमाडौं, २८ कात्तिक । नेपाल भ्रमण वर्ष २०२० लाई प्रचार–प्रसार गर्नका लागि नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले सघाउने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयसँग सम्झौतागरी महासंघले आफ्ना सदस्य सवारी साधनमा नेपाल भ्रमण वर्ष २०२० को पोष्टर, पम्प्लेट राख्ने भएको हो ।

कार्यक्रमको पर्यटन मन्त्री योगेश भट्टराई लगायत महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्य संयुक्त उद्घोष गरे । अहिले महासंघसंग आवद्ध सवारी साधनको संख्या ३ लाख रहेको छ ।

कार्यक्रममा पर्यटन मन्त्री भट्टराईले नेपाल भ्रमण २०२० को मूख्य आयोजक समितिको सदस्यमा नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघलाई पनि राख्ने घोषणा गरे ।

मंसिर दोश्रो सातासम्म देशभरका सार्वजनिक सवारी साधनमा नेपाल भ्रमण वर्षको लोगो, ब्यानर हाल्न मन्त्री भट्टराईले महासंघका पदाधिकारीलाई अनुरोध गरे ।

त्यसैगरी सार्वजनिक सवारी साधन सफा राख्न पनि व्यावसायी आग्रम सँग गरे । सार्वजनिक यातायातमा कार्यरत एक हजार चालक तथा सहचालकलाई आथित्यतासम्बन्धी प्रशिक्षण दिने तयारी भइरहेको मन्त्री भट्टराईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here