उद्योगपति रुप ज्योतिको अनुसन्धान फाइल फिर्ता, मिलापत्रको बाटो खुल्यो

काठमाडौं , २८ कात्तिक । ठगीको आरोपमा अनुसन्धानका लागि थुनामा रहेको उद्योगपति एवं पूर्व अर्थराज्यमन्त्री रुप ज्योतिको अनुसन्धान फाइल सरकारी वकिल कार्यालयले प्रहरीकहाँ फिर्ता पठाएको छ।

जाहेरवालाले पैसा प्रप्त गरिसकेको निवेदन दिएपछि सरकारी वकिलले फाइल फिर्ता पठाएसँगै ज्योतिलाई प्रहरीकहाँ नै मिलापत्रको बाटो खुलेको छ।

विगेन्द्रकृष्ण मल्लले दिएको जाहेरीका आधारमा पक्राउ परेका रुप ज्योति र उनकी छोरी सुरुचीका विषयमा अनुसन्धान सकेको भन्दै प्रहरीले बुधबार फाइल बुझाएको थियो । अनुसन्धानपछि बुझाएको फाइल सरकारी वकिल कार्यालयले प्रहरीलाई नै फिर्ता पठाएको छ।

प्रहरीको अनुसन्धानमा ठगी भन्ने प्रष्ट खुल्न नसकेपछि फिर्ता पठाएको सरकारी वकिल कार्यालयले जानकरी दिएको छ। ज्योतिविरुद्ध मल्लले १ करोड २६ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

प्रहरी परिसर टेकुको टोलीले उनलाई एक साताअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। आदालतको आदेश अनुसार अनुसन्धानका लागि उनलाई थुनामा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here