विमानस्थल हुँदै भित्रिने मदिरामा कडाई गर्न माग

काठमाडौं, २८ कात्तिक । नेपाल समुद्रपार निकासी पैठारी संघले विमानस्थल हुँदै भित्रिने मदिरामा कडाई गर्न माग गरेको छ ।

संघको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरलाई भेटी विमानस्थल हुँदै भित्रिने यात्रुलाई तोकिएभन्दा बढी परिमाणमा मदिरा ल्याउन नदिन आग्रह गरेका हुन् ।

त्यस्तै मूल्य अभिवृद्धिकर, आयकर र अन्तःशुल्क क्षेत्रका समस्याको बारेमा पनि ध्यानाकर्षण गराए ।

संघका उपाध्यक्ष सुनिलकुमार बंशल नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार महानिर्देशक कुँवरलाई उनकै कार्यकक्षमा भेटेर समस्या अवगत गराउँदै समाधानका लागि आग्रह गरे ।

भेटका अवसरमा प्रतिनिधिमण्डलका सदस्यले मूल्य अभिवृद्धिकरमा बहुदर कायम गर्न गरे ।

कारोबार बन्द गर्न खोज्दा करका कारणले विभिन्न झमेला हुने र तयारी वस्तुमा भन्दा कच्चा पदार्थमा बढी अन्तःशुल्क लाग्ने गरेकोतर्फ पनि सहभागीले महानिर्देशकको ध्यानाकर्षण गराएका थिए ।

प्रतिनिधिमण्डलमा संघका महासचिव शिवकुमार अग्रवाल, सचिव अनिलकुमार अग्रवाल, कोषाध्यक्ष कुमार कार्की तथा कार्यसमिति सदस्यहरु आकाश गोल्छा, गौरव शारडा, विष्णुकुमार जोशी, मदन मित्तल, रामचन्द्र खेतान र प्रभातकुमार सर्राफको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here