नेपाल दूरसञ्चार प्राधिकरणमा कर्मचारी माग

काठमाडौं, २९ कात्तिक । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न पदमा कर्मचारी मागेको छ ।

प्राधिकरणले विभिन्न रिक्त पदमा २७ जना कर्मचारी माग गरेको छ । माग गरिएको कर्मचारीमा सहायक प्रथमदेखि उपनिर्देशकसम्म रहेका छन् ।

प्राधिकरणमा रिक्त रहेका ती पदहरुमा आन्तरिक, खुला तथा समावेशी प्रक्रियामार्फत पदपूर्ति गर्नेगरी प्राधिकरणले दरखास्त आह्वान गरेको जनाएको छ ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मिति (कात्तिक २९) ले २१ दिनभित्र आवेदन दिनेपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here