व्यवसायी डा. रुप ज्योति रिहा

काठमाडौं, २९ कात्तिक । ठगी अभियोगमा पक्राउ परेका पूर्व राज्यमन्त्री एवं व्यवसायी डा. रुप ज्योति रिहा भएका छन् । उनि हाजिर जमानीमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा भएका हुन् ।

उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार नै हाजिर जमानतमा छाडिदिन प्रहरीलाई पत्र लेखेको थियो ।

प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकीलको कार्यालयमा प्रतिवेदन पेश गरेको भए पनि जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले मुद्दा दायर नगर्ने निर्णय गरेको हो ।

यसअघि उनको अनुसन्धान फाइल प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

ज्योतिले एक करोड २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो। जाहेरीको आधारमा कात्तिक २१ गते सिंगापुरबाट काठमाडौं फर्कने क्रममा उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here