सामसङको ग्यालेक्सी ए५० र ए३० बजारमा, मूल्य ३३ र २८ हजार

काठमाडौं, ७ चैत । सामसङले ग्यालेक्सी ए५० र ए३० नेपाली बजारमा ल्याएको छ । यी दुवै फोनमा अल्ट्रा वाइड एंगल क्यामेरा (भिडियो), चाँडै चार्ज हुने प्रविधि तथा इन्फिनिटी यु डिस्प्ले रहेका छन् ।

ग्यालेक्सी ए५० मा तीनओटा रियर क्यामेरा, इन्फिनिटी यु डिस्प्ले र शक्तिशाली ब्याट्री रहेको छ । यस सेटले ९१.६ प्रशितको स्क्रीन बडी अनुपात प्रदान गर्दछ । यसमा रियर क्यामरा ८ मेगापिक्सलको अल्ट्रावाइड लेन्सको छ जसले १२३ डिग्रीको दृश्यलाई कैद गर्न सकिन्छ ।

यस सुविधाले हाम्रो आँखाले जस्तो दृश्य देख्दछ त्यस्तै फोटो खिच्न र विना रुकावट वाइड एङल फोटो खिच्न सकिन्छ । यो क्यामराले अल्ट्रा वाइड मोडमा भिडियो पनि खिच्न सकिन्छ । मुख्य लेन्सको क्षमता २५ मेगापिक्सेल छ जसले कम उज्यालोमा पनि स्पष्ट फोटो खिच्न सक्छ ।

ए५० मा ४,००० एमएएच क्षमताको ब्याट्री, १५ वाट फाष्ट चार्ज प्रविधि तथा छिटो डाटा पठाउन युएसबी टाइप सी पनि रहेका छन् ।

त्यसैगरी, ग्यालेक्सी ए३० मा अल्ट्र वाइड एंगलसहितका १६ मेगापिक्सेल र ५ मेगापिक्सेलका दुई क्यामेरा रहेका छन् । यसमा पनि ४,००० एमएएच क्षमताको ब्याट्री, १५ वाट फाष्ट चार्ज प्रविधि छन् भने एज–टु–एज ६.४ इञ्च सुपर एमोलेड इन्फिनिटी यु डिस्प्ले छ । मल्टिटास्किङका लागि यो फोन उपयोगी रहेको कम्पनी बताउँछन् ।

ग्यालेक्सी ए५० ६४ जीबीको बजार मूल्य ३३ हजार ४ सय ९० रुपैयाँ र ए३० ६४ जीबीको मूल्इ २८ हजार ४ सय ९० रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here