‘१६ प्रतिशत भन्दा बढी व्याज लिने सहकारीलाई सिधै कारबाही’

काठमाडौं, २९ कात्तिक । सहकारी संघ संस्थामा सन्दर्भ व्याजदर लागु भएरै छोड्ने भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सुर्य प्रसाद गौतमले बताएका छन् ।

सन्दर्भ व्याजदर व्यवहारीक नभएको भन्दै केही सहकारी संघ संस्थाले आन्दोलन गरिरहेको बेला सचिव गौतमले यस्तो बताएका हुन् । सन्दर्भ व्याजदर कार्यान्वयनको स्थिती बारे शुक्रवार आयोजना भएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सहकारी ऐन अन्तर्रगत सन्दर्भ व्याजदर तोकिएकाले पुर्ण रुपमा कार्यान्वयन नहुँदै परिमार्जनको सम्भावना नरहेको उनले बताए । ‘सन्दर्भ व्याजदर परिमार्जन होला भनेर पर्खिएको हो भने त्यो गुन्जायस छैन्’ उनले भने, ‘जसरी भएपनि यसको कार्यान्वयनमा सरकार लागेको छ ।’

सन्दर्भ व्याजदर लागु नगर्ने सहकारीलाई कारबाही गरेरै छाड्ने उनले बताए ।

‘कुनै सहकारीले १६ प्रतिशत भन्दा बढीमा ऋण लगानी र महङ्गो सेवाशुल्क लिएको भेटिए मन्त्रालयमा खबर गर्नुस् २ दिन भित्रमै कारबाही हुन्छ’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here