लोकप्रिय क्रिकेटर सचिन नेपालमा

काठमाडौं, ३० कार्तिक । भारतका लोकप्रिय क्रिकेटर सचिन तेन्दुल्कर नेपाल भ्रमणमा आएका छन् । उनी शुक्रबार साँझ त्रिभुवन विमानस्थलमा अवतरण गरे । संयुक्त राष्ट्र संघमातहत, अन्तर्राष्ट्रिय बालबालिका आपतकालीन कोष (युनिसेफ)का उनी सद्भावना दूत हुन् ।

सचिनले शनिबार कीर्तिपुर क्रिकेट रंगशालामा बालबालिकासँग मैत्रीपूर्ण क्रिकेट खेल्ने कार्यक्रम रहेको छ । कीर्तिपुरमा दुई टोली रहने छन् । एक टोलीको नेतृत्व सचिन र अर्को टोलीको नेतृत्व पूर्वनेपाली क्रिकेटर विनोद दासले गर्ने भएका छन् ।

संयुक्त राष्ट्र संघको बाल अधिकारसम्बन्धी महासन्धी पारित भएको १५ नोभेम्बरमा ३० वर्ष पुगेको छ । सोही अवसर पारी यूनिसेफलाई उनलाई नेपाल बोलाएको हो ।

क्रिकेट १० ओभरको हुने भएको छ । तेन्दुल्कर नेपाल एयरलाइन्स चढेर काठमाडौं उत्रिएका थिए । उनी १ सय शतक प्रहार गर्ने विश्वका एक्ला क्रिकेटर हुन् । रिटायर्डपछि पनि उनी संसारभर उत्तिकै लोकप्रिय छन् । पछिल्लो समय उनी सामाजिक अभियानमा बढी रमाइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here