अर्जेन्टिनाले लियो ब्राजिलसँग कोपा अमेरिकाको बदला, मेस्सी नायक

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी नायक बनेको खेलमा अर्जेन्टिनाले चिरप्रतिद्वन्दी ब्राजिललाई पराजित गरेको छ। फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा साउदी अरेबियाको किङ्ग साउद युनिभर्सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० को गोल अन्तरले पराजित गरेको हो।

खेलको पहिलो हाफको १० औं मिनेटमा ब्राजिलका ग्याब्रियल जिजसले पेनाल्टी मिस गरेको ४ मिनेटपछि अर्जेन्टिनाले पाएको पेनाल्टीमा मेस्सीले पेनाल्टी मिस गरे पनि रि-बाउन्ड बलमा गोल गर्दै अर्जेन्टिनालाई जिताए। अर्जेन्टिनाले गत जुलाईमा कोपा अमेरिकाको सेमिफाईनल भोगेको हारको बदला लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here