नयाँ पुस्ताको आइडल बैंक बनाउने नेपाल बैंकको घोषणा

काठमाडौं,१ मंसिर । नेपाल बैंकले ८३ औं वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवकै अवसरमा बैंकले नेपालको पहिलो बैंकिङ म्युजियमका साथै १८ ओटा शाखाहरुको पुनस्र्थापना समेत गरेको छ ।

विगतमा सञ्चालन भएर विभिन्न कारणले बन्द हुन पुगेका १८ शाखासहित दुईओटा एक्सटेन्सन काउन्टरको अर्थमन्त्री युवराज खतिवडाले शनिबार आयोजित कार्यक्रममार्फत् एकैपटक ‘डिजिटल’ उद्घाटन गरे । १९९४ साल कार्तिक ३० गते स्थापना भएको बैंक ८२ वर्ष पूरा गरी ८३ औं वर्षमा प्रवेश गरेको हो ।

नेपाल राष्ट्र बैंकका कार्यबाहक गभर्नर चिन्तामणी शिवाकोटीले सरकारले ल्याएको सहुलियत कर्जा प्रबाहलाई मासिक टार्गेट बनाएर कार्ययोजना पेश गर्न निर्देशन दिए ।

बार्षिकोत्सव कार्यक्रममा बोल्दै बैंक तथा वित्तीय संस्थाहरुले सहुलियकपूर्ण कर्जा प्रबाहलाई प्राथमिकता निदएको भन्दै अबका दिनमा मासिक वा त्रैमासिक टार्गेट बनाएर राष्ट्र बैंकका कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन् ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले पनि बैंक वित्तीय संस्थाले सरकारले लिएको विकासको लक्ष्य अनुरुप काम गर्नुपर्ने बताए । ‘हामी बैंक वित्तीय संस्थालाई नराम्रो काम गर्न प्रेरित गर्दैनौं,’ उनले भने, ‘तर सरकारले ल्याएको विकासको एजेण्डालाई सहयोग गर्नेगरी अघि बढ्नुपर्छ ।’

विशेषगरी नेपाल बैंकमा सरकारको ठूलो हिस्सा लगानी भएको भन्दै सहुलियत पूर्ण कर्जा प्रबाह तथा सरकारको विकासको एजेण्डामा सहयोग पुग्नेगरी काम गर्नुपर्ने उनको भनाई थियो । ‘सरकारको विकासको एजेण्डालाई सहयोग पुग्नेगरी काम गरोस भनेर न नेपाल बैंकमा सरकारले लगानी गर्दै आएको छ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here