साढे ४ अंकले घट्यो नेप्से, साढे ३५ करोडको कारोबार

काठमाडौं, १ मंसिर । साताको पहिलो दिन नै शेयर बजारको ओरालो यात्रा सुरु भएको छ । आईतवार नेप्से परिसूचक ४.५९ अंकले घटेर १ हजार १ सय ३१.३६ अंकमा झरेको छ ।

आइतवार ‘क’ वर्गका कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ओरालो लाग्यो । सेन्सेटिभ इन्डेक्स ०.९३ अंकले घटेर २ सय ४९.१३ अंकमा झर्यो ।

आइतवार ट्रेडिङ र अन्य समुह बाहेक अरु सबै समुहको सूचक घट्यो । ट्रेडिङ समुहको सूचक ७.४१ प्रतिशतले बढ्यो । त्यस्तै, अन्य समुहको ०.४० अंकले बढ्यो ।

सबैभन्दा धेरै उत्पादन क्षेत्रको सूचक घट्यो । उत्पादन क्षेत्रको सूचक ४.२२ प्रतिशत घट्यो । त्यस्तै, होटल समुहको २.९१ प्रतिशत, जलविद्युतको १.८४ प्रतिशत, फाइनान्स समुहको १.०२ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

आइयतवार १ सय ६३ कम्पनीको ११ लाख ६७ हजार ६ सय ५ कित्ता शेयर किनबेच हुँदा ३५ करोड ५१ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

आइतवार सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनका शेयर धनीले कमाए । साल्ट ट्रेडिङको शेयर मूल्य ९.९७ प्रतिशत बढ्यो । त्यस्तै, घोडीघोडा लघुवित्त वित्तीय संस्थाको ९.८७ प्रतिशत, पाँचथर पावर कम्पेन्टको ९.८० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा शिवम सिमेन्ट कम्पनीका शेयर धनी रहेका छन् । शिवम सिमेन्टको शेयर मूल्य ९.९७ प्रतिशत घट्यो । त्यस्तै, ओरन्टीएल होटलको ६.३६ प्रतिशत घट्यो ।

आइतवार सबैभन्दा धेरै कारोबार शिवम सिमेन्टले गर्यो । सिमेन्टले ४ करोड ४ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here