प्रदेशबाटै लिलामको हकप्रद सेयर खरीद गर्ने सुविधा, कहाँ कहाँ छ सेवा ?

काठमाडौं ९, चैत । लगानीकर्ताले सातै प्रदेशबाट लिलामको हकप्रद सेयर खरीद गर्न सक्ने भएका छन् । धितोपत्र बोर्डले सबै प्रदेशबाट लिलामको हकप्रद सेयर खरिद गर्न पाउने व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार कार्णाली प्रदेशबाहेक सबै प्रदेशमा दुईदेखि तीन स्थानबाट लिलामको हकप्रद सेयर खरीद गर्नुपर्ने व्यवस्था छ ।

हालको व्यवस्था अनुसार हकप्रद सेयर आह्वान भएपछि विक्री नभएमा उक्त सेयर लिलाम प्रक्रियामार्फत बिक्री गर्नुपर्छ ।
यसरी विक्री गर्दा सम्बन्धीत कम्पनीले सबै प्रदेशका तोकिएका स्थानबाट पनि आवेदन (फाराम) संकलन गर्न मिल्ने गरी आह्वान गर्नु पर्नेछ । यसअघि सिमित स्थानबाट मात्र यस्तो सेयर खरीद गर्न पाइने व्यवस्था थियो ।

हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री बनाउन मोफसलका विभिन्न स्थानबाट पनि लिलाम प्रक्रिया गर्ने व्यवस्था मिलाइएको बोर्डले जानकारी दिएको छ ।

अब संस्थाले लिलाममा हकप्रद सेयर विक्री गर्दा प्रदेश एकमा विराटनगर र विर्तामोड, दुईमा विरगंञ्ज र जनकपुर, तीनमा हेटौंडा र नारायणगढ, चारमा पोखरा र बाग्लुङ, पाँचमा बुटवल, घोराही र नेपालगञ्ज, छमा सुर्खेत तथा सातमा धनगढी र महेन्द्रनगरबाट पनि आवेदन संकलन गर्नुपर्नेछ ।

विर्तामोड, जनकपुर, हेटौंडा, बाग्लुङ, घोराही र महेन्द्रनगर अहिले थप गरिएको हो । बाँकी स्थानमा पहिले पनि आवेदन संकलन केन्द्र राख्नुपर्ने व्यवस्था थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here