१ अंकले घट्यो नेप्से, २६ करोडको कारोबार

काठमाडौं, ३ मंसिर । मंगलवार नेप्से परिसूचक १.१४ अंकले घटेर १ हजार १ सय २९.९९ अंकमा झरेको छ ।

मंगलवार नेप्से परिसूुचक घटेपनि ‘क’ वर्गका कम्पनीहरुको मापक सूचक सेन्सेटिभ इन्डेक्स भने बढ्यो । मंगलवार सेन्सेटिभ इन्डेक्स ०.३१ अंकले बढेर २ सय ४८.९१ अंकमा पुग्यो ।

मंगलवार बैकिङ्ग, जलविद्युत, फाइनान्स जिर्वीवन बिमा कम्पनी, लघुवित्त र जीवन बिमा समुहको सूचक घट्यो भने ट्रेडिङ, होटल, विकास बैंक, उत्पादन, अन्य र सामुहिक लगानी कोष समुहको सूचक बढ्यो ।

सबैभन्दा धेरै सूचक ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ६.५१ प्रतिशत बढ्यो । त्यस्तै, होटल समुहको २.८५ प्र्रतिशत बढ्यो । सबैभन्दा धेरै निर्जीवन बिमा कम्पनीको सूचक घट्यो । निर्जीवन बिमा कम्पनीको सूचक ०.९६ प्रतिशत घट्यो ।

मंगलवार १ सय ६३ कम्पनीको १० लाख १६ हजार ४० कित्ता शेयर किनबेच हुँदा २५ करोड ९३ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनका शेयर धनीले कमाए । साल्ट ट्रेडिङको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, घोडिघोडा लघुवित्त वित्तीय संस्थाको ९.८५ प्रतिशत, नेपाल हाईड्रो डेभरभपर्सको ९.३८ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा सिन्धु विकास बैंकका शेयर धनी छन् । बैंकको शेयर मूल्य ७.९३ प्रतिशत घट्यो ।

मंगलवार सबैभन्दा धेरै कारोबार गर्नेमा एनएमबी बैंक रहेको छ । बैंकले ३ करोड २० लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here