स्प्यारो दशौं वर्षमा, १८०० कम्पनीसँग काम गर्दै

काठमाडौं, १० चैत्र । मोबाईल मेसेजिङ कम्पनी स्प्यारो एसएमएस नौ वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको छ । यस अवधिमाक म्पनीले डेढ करोडभन्दा बढी प्रयोगकर्तालाई एसएमएस सेवा प्रदान गरेको छ ।

हाल १८०० भन्दा बढी संस्था तथा कम्पनीहरुले स्प्यारो एसएमएसको बल्क एसएमएस (एकै पटक धेरैलाई एसएमएस पठाउने) सुविधा लिएर सेवा प्रदान गरिरहेका छन् ।

जानकी टेक्नोलोजी प्रा. लि. ले यसरी एकै पटक धेरैलाई मोबाइल सन्देश पठाउने सेवा प्रदान गर्ने उद्देश्यका साथ सन् २०१० मा स्प्यारो एसएमएस सेवाको सुरुवात गरेको थियो ।

‘अझै पनि इमेल र इन्टरनेटको पहुँच सहज नभएको हाम्रो मुलुकमा एसएमएस सेवा सन्देश प्रवाह गर्ने एउटा सहज माध्यम बनेको छ । कुनै पनि सूचनालाई भिन्दा भिन्दै जानकारी गराउन धेरै समय लाग्ने अवस्थाबाट पनि बल्क एसएमएस सेवाले सहजता प्रदान गर्छ,’ कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

स्प्यारो एसएमएसले नेपालका विभिन्न सरकारी संस्थाहरू, स्थानीय सरकारहरू, बैंक र वित्तीय संस्थाहरू, विद्यालय तथा कलेजहरुका साथै नेपालका विभिन्न प्रसिद्ध ब्रान्डहरूलाई एसएमएस सेवा प्रदान गर्दै आएको छ ।

साथै, मोवाइलमा सन्देश पठाएर तरकारीको होलसेल र रिटेल मूल्य, वैदेशिक रोजगारीमा आफ्नो अनुमतिपत्र बारे सूचना, विभिन्न परीक्षाको रिजल्ट लगायतका जानकारी पनि दिने गरेको छ ।

कम्पनीले केही महिना अघि मात्रै यातायात व्यवस्था विभागसँग सहकार्य गरी सवारी चालक अनुमति पत्रको लिखित परीक्षाको नतिजा र लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाटै हेर्न सकिने सेवाको सुरुवात गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here