विश्वकै ठूलो कम्पनीको आईपीओ खुल्यो, पहिलोपटक सर्वसाधारणको लागि अवसर

काठमाडौं,४ मंसिर । संसारकै सर्वाधिक नाफा आर्जन गर्ने कम्पनीको रुपमा परिचित साउदी अरबको आरामको तेल कम्पनीले साधारण शेयर निष्काशन गरेको छ ।

साउदी अरबको सरकारद्वारा सञ्चालित तेल कम्पनी आरामकोले आइतबार १७ नोभेम्बेरदेखि डिसेम्बर ४ सम्मका लागि आवेदन खुल्ला गरेको हो ।

यो कम्पनीको शेयर मूल्य ५ डिसेम्बरमा तय गरिने जनाइएको छ । डिसेम्बर ११ तारिखदेखि यसको शेयर दोस्रो बजारमा खरिद बिक्री हुनेछ । साउदी अरबलाई धनी बनाउने यो कम्पनीले पहिलोपटक सर्वसाधारणको लागि लगानीको अवसर खुल्ला गरेको हो ।

आरामकोसँग अत्याधिक ठूला तेल खानी छन् जसको दैनिक आम्दानी अत्याधिक रहेको छ भने साउदी अरबमा यसको एकाधिकार चल्दै आएको छ जसले पनि यसलाई विश्वकै सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता बनाइदिएको हो ।

कम्पनीले यस वर्ष मात्र केबल नौ महिनामै ६८ अर्ब डलर नाफा कमाएको खबर प्रकाशित गरिसकेको छ । जुन २०१८ को तुलनामा भने १८ प्रतिशतले कम हो । गत वर्षभरको यसको नाफा १११ अर्ब डलर रहेको थियो ।

सन् २०१८ मा १११ बिलियन डलर आम्दानी गरेको यो कम्पनीको अहिलेको मूल्य १.७ लाख करोड डलर कायम गरिएको छ । यो कम्पनीले साधारण शेयर मार्फत २५.६० अर्ब डलर संकलन गर्ने योजना बनाएको छ । ८६ वर्ष अघि शुरु भएको यो कम्पनीले हाल विश्व बजारमा कुल मागको १० प्रतिशत कच्चा तेल आपूर्ति गर्छ ।

नेपालीले यसमा लगानी गर्न भने सक्दैनन् किनकी नेपालबाट अन्य मुलुकमा लगानीको अनुमति छैन । तर, हाम्रो छिमेकी मुलुक भारतका नागरिकले भने २८ नोभेम्बर सम्म शेयर खरिद गर्न पाउने छन् । साउदी अरबका नागरिकको लागि भने ४ डिसेम्बरसम्मको समय दिइएको छ ।

एरेमको कम्पनीले बताए अनुसार यो कम्पनी आफ्नो १.५ प्रतिशत अर्थात ३ अर्ब डलरको शेयर बिक्री गर्न चाहन्छ । प्रतिशेयर मूल्य ३०.३२ रियल अर्थात् ८ डलर कायम गरिएको छ ।

समाचारमा जनाइएअनुसार यदी आरामकोले चाहे अनुरुपको लगानी जुटाउन सक्यो भने यसले २५.६० अर्ब डलर रकम संकलन गर्नेछ । यदी त्यस्तो भएमा यसले अलिबबाले बनाएको २५ अर्ब डलरको रेकर्ड समेत तोड्ने छ र नयाँ रेकर्ड कायम हुनेछ ।

तर अन्तर्राष्ट्रिय बजारमा इन्धनको घट्दो मूल्य, जलवायु संकट र क्षेत्रीय राजनीतिक जोखिमकाबचि यस अति अपेक्षित आइपीओबारे समेत शंका व्यक्त गरिएको छ ।

त्यस्तै अमेरेकोले विश्वव्यापी लगानीकर्ताहरुका लागि आफ्नो ढोका खोल्न लाभांश नीतिमा बदलाव ल्याउनुपर्ने अनुमान पनि गरिएको छ । अहिले भने कम्पनीले २०२४ सम्ममा ७५ अर्ब वार्षिक लाभांश सम्बन्धी प्रतिबद्धता जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here