ड्याट्सन गो कारको मूल्य बढ्यो, शुरु मूल्य २५ लाख

काठमाडौं, ८ चैत । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले नेपाली बजारमा ड्याट्सन गो गाडीको नयाँ मूल्य सार्वजनिक गरेको छ । नयाँ मूल्य अनुसार ड्याट्सन गोको मूल्य रु २४ लाख ९९ हजारबाट प्रारम्भ हुने कम्पनीले जानकारी दिएको छ ।

यसअघि कारको मूल्य रु. २३ लाख ४९ हजारबाट शुरु थियो ।

यस गाडीका विभिन्न तीन मोडेल गो ए (०), गो टी र गो टी (०) नेपाली बजारमा उपलब्ध रहेका छन् । यी गाडीहरु थापाथली तथा उत्तरढोकास्थित कम्पनीका आधिकारिक शोरुमहरु तथा मुलुकका अन्य स्थानमा रहेका शोरुमबाट किन्न सकिने छ । कम्पनीका नेपालभर १ शोरुम रहेका छन् ।

नयाँ ड्याट्सन गो गाडीमा एन्ड्रोइड अटोप्ले र एप्पल कार प्लेको साथ ७ इञ्चको टच अडियो, १४ इन्चको डाइमन्ड–कट अल्लोइ ह्वील र सेफ्टी प्याकेज– डुयल एयर ब्याग, एबीएस, इबीडी तथा पार्किङ्ग सेन्सर रहेका छन् ।

यसमा १८० एम.एमको ग्राउन्ड क्लियरेन्स, २४५० एम.एमको ह्वील वेस, २६५ लिटर लगेज स्पेस र ४.६ एम टर्निङ्ग रेडियस छन् ।

यस कारमा राइड कन्ट्रोल एडभान्स्ड सस्पेन्सन सिष्टम तथा १.२ लिटर पेट्रोल इञ्जिन रहेको छ जसले १९.८ किमि माइलेज दिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here