पार्टीको जिम्मेवारी प्रचण्डलाई,ओली पाँचै वर्ष प्रधानमन्त्री,बरियता यथावत

काठमाडौं, ४ मंसिर । दुई अध्यक्षको कार्य विभाजन गर्दै आज बसेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ।

नेकपा सचिवालय बैठकले बुधबार वैठकले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ ।

यसअघि केपी शर्मा ओली नै कार्यकारी अध्यक्ष भूमिका निर्वाह गरेका थिए । तर पनि बैठकको अध्यक्षता संयुक्त गर्ने गरिएको थियो ।

यद्यपि, दुवैको बरियता भने समान रहने छ। अब पार्टीको आन्तरिक बैठकको अध्यक्षता प्रचण्डले गर्ने छन्। पार्टी एकता गर्दा दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने गोप्य सहमति भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here