महालक्ष्मी र एभरेष्टबीच बैंकासुरेन्स सम्झौता

 

काठमाडौं ११, चैत । महालक्ष्मी विकास बैंक एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

अब महालक्ष्मी विकास बैंकका ग्राहकले बैंकको सम्पूर्ण शाखाबाट सरल, सुलभ र उत्कृष्ट सेवासहित इन्स्योरेन्स कम्पनीको विभिन्न निर्जिवन बीमालेख प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न, तथा बिमा दाबी भुक्तानी सुविधा प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी कृष्णराज लामिछाने र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले आइतबार हस्ताक्षर गरेका हुन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here