उपत्यका प्रवेश गर्ने टिपरलाई झनै कडाइ,यस्तो छ नियम (सूचना)

फाइलफोटो

काठमाडौं, ६ मंसिर । टिपरका कारणले धेरै दुर्घटना भएको भन्दै उपत्यकामा कडा गरिएको टिपरलाई थप कडाइ गरिएको छ । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकामा बेलुका ८ बजेपछि मात्र टिपर चलाउनु पर्ने सूचना निकालेको छ ।

टिपर धोएर सफा गरेर सडकमा पानी नचुहिने गरेर मात्रै चलाउन दिने उल्लेख गर्दै नियमविपरित टिपर सञ्चालन गरेको पाइएमा कानूनबमोजिम कारबाही गर्ने जनाएको छ ।

टिपरलाई बेलुका ८ बजेअघि पूर्ण रुपमा निषेध गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

सडकमा पार्किङ गरी अन्य सवारी आवागमनमा अवरोध ल्याए कानूनअनुसार कारवाही हुने पनि उल्लेख गरेको छ ।

लोड गरिएका टिपर अरु सवारीलाई बाधा पर्ने गरी सडकमा पार्किङ गर्न नपाउने र बालुवा ढुवानी गर्ने टिपर पानी नचुहिने भएपछि मात्र सडकमा चलाउन पाइने सुचनामा उल्लेख छ ।
,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here