सुनको भाउ घट्यो

काठमाडौं, ६ मंसिर । सुनको भाउ आरोलो लागेको छ । अघिल्लो दिनको तुलनामा शुक्रवार सुन तोलको तीन सय रुपयाँ ओरालो लागेको हो ।

बिहीबार ७२ हजार रुपैयाँमा खरीद बिक्री भाउको छापावाला सुन शुक्रबार तोलामा ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

केहि समय अघिदेखि बढीरहेको सुनको भाउ बिहीबार देखि घट्न थालेको हो। यसैगरी, शुक्रबार तेजाबी सुनको मूल्य पनि प्रतितोला ३०० ले घटेर ७१ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको छ।