सिटिजन्स बैंकको संचालकमा सुदेश खालिङ नियुक्त

काठमाडौं, ६ मंसिर । सिटिजन्स इन्टरनेशनल बैंकको संचालकमा सुदेश खालिङ नियुक्त भएका छन्।

बैंकको शुक्रबार बसेको संचालक समिति बैठकले खालिङलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो। अवनिन्द्रकुमार श्रेष्ठको पदावधि सकिएपछि खालिङलाई ल्याइएको हो।

उनी केही समय अगाडि मात्रै लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृतबाट हटेका थिए। खालिङसँग बैंकिङ क्षेत्रको तीन दशक लामो अनुभव छ।

शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित खालिङले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन् ।

वाणिज्य बैंकमा सहायकबाट बैंकिंग पेशा शुरु गर्नु भएका खालिङले दुई वाणिज्य बैँकको अनुभव बटुल्दै प्रमुख कार्यकारी अधिकृतबाट निवृत भएका हुन् ।

“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसात गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा एटीएम र १०२ वटा शाखा रहित बैँकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैँकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैँकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैँक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here