राष्ट्रिय खेलकुदमा अब गैरआवासीय नेपाली पनि

काठमाडौं, ११ चैत
गैरआवासीय नेपाली संघले आगामी आठौं राष्ट्रिय खेलकुदमा भाग लिने भएको छ । पहिलो पटक भाग लिन लागेको संघले अब राष्ट्रिय खेलकुदमा सात प्रदेश तथा तीन विभागीय टोलीसँग प्रतिस्पर्धा गर्नेछ । संघले राष्ट्रिय खेलकुद परिषद्सँग सम्झौता गरी गैरआवासीय नेपाली टोलीको व्यवस्थापनको जिम्मेवारी पनि लिएको छ । संघले संसारभरका प्रवासी नेपालीलाई राष्ट्रिय खेलकुदमा आमन्त्रण समेत गरेको छ ।


७ देशबाट २४ खेलाडी सहभागी
संघका अनुसार आगामी ८ औं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपालका तर्फबाट ७ देशका २४ जना खेलाडीले भाग लिँदैछन् । अमेरिका, अष्टे«लिया, मलेसिया, यूएई, मकाउ, जापान र हङकङ गरी ७ देशबाट खेलाडी आउने संघले उल्लेख गरेको छ । संघले कँराते, जुडो, तेक्वान्दो, ब्याडमिन्टन, लङटेनिस, गल्फ, म्याराथन र बक्सिङ गरी ९ खेलमा भाग लिने तयारी संघले गरेको छ ।
विदेशी कौशल भित्राउने अवसर
सघंले गैरआवासीय नेपालीको सहभागिताले खेलकुदमा विदेशी कौशल भित्राउन सहयोग पुग्ने उललेख गरेको छ । विदेशमा रहँदा खेलाडी, प्रशिक्षक र रेफ्रीले सम्बन्धित मुलुकमा पेशा व्यवसायको क्रममा आधुनिक खेल प्रविधि, व्यवस्था र सीपबारे जानकारी लिएका र त्यसलाई नेपाली खेलाडीसँग साटफेर गर्दा समग्रमा नेपाली खुलकुदकै विकासमा सहयोग पुग्ने संघको विश्वास रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here