१० अर्ब लगानी भित्र्याउने अभियानमा सहजिकरण गरिदिन परराष्ट्र मन्त्रीलाई एनआरएनको आग्रह

काठमाडौं, ८ मंसिर । गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डलले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा सङ्घका अध्यक्ष कुमार पन्तले सङ्घका पछिल्ला गतिविधिबारे जानकारी गराएका थिए ।

विशेष गरी अध्यक्ष पन्तले नेपालको पूर्वाधार विकासका लागि गैर आवासीय नेपालीको रु १० अर्वको लगानी भित्र्याउने अभियानमा थप सहजीकरणको लागि परराष्ट्र मन्त्री ज्ञवालीमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

सो अवसरमा वैदेशिक रोजगार श्रमिक कल्याण कारी कोषमा नेपाल राष्ट्र बैङ्कका तर्फबाट पनि योगदान गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको जानकारी गराउदै त्यसका लागि समेत पहल गरिदिन अनुरोध गरेका छन् ।

यस्तै संसद्मा विचारआधिन गैर आवासीय नागरिकता सम्बन्धी विषयमा पनि अध्यक्ष पन्तले ध्यानाकर्षण गराएका थिए ।

भेटका क्रममा गत अक्टोबरमा सम्पन्न भएको विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन बारे जानकारी गराउँदै अध्यक्ष पन्तले अब छिट्टै दोस्रो एनआरएन विश्व ज्ञान सीप सम्मेलन आयोजना गर्ने जानकारी गराएको छ ।

अध्यक्ष पन्तले आफ्ना कुरा राखिसकेपछि जवाफमा मन्त्री ज्ञवालीले सङ्घले गर्दै आएका गतिविधिप्रति सरकार सकारात्मक रहेको भन्दै बताए । सङ्घले उठाएका विषयहरूमा नेपाल सरकार सकारात्मक भएको र यी विषयहरूलाई सम्बोधन गर्न सम्बन्धित निकायहरूमा पहल गर्ने आश्वासन मन्त्री ज्ञवालीले दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here