श्रम मन्त्रीलाई म्यानपावर व्यवसायीको ‘धम्की’-‘व्यवसाय डामाडोल छ,सहकार्य विना केही नर्गनू’

काठमाडौं, ८ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई म्यानपावर व्यवसायी संघले बधाई दिएको छ ।

आइतबार मन्त्रीको सचिवालयमा सिंहदरबार पुगे म्यानपावर व्यवसायी संघका पदाधिकारीहरुले बधाई दिएका हुन् । बधाई दिन संघका अध्यक्ष विष्णु गैह्रे लगायत पदाधिकारीहरु पुगेका थिए ।

बधाइ दिदै गैह्रेले भने, ‘मन्त्री ज्यू नयाँ आउनु भएको छ। वैदेशिक रोजगार व्यवसाय डामाडोल अवस्थामा छ। हजुरले समस्या बुझेर निर्णय गर्नुहोला। हामी साह्रै मर्कामा छौं। करोडौं लगानी गरेका छौं।

सरकारले गर्ने विभिन्न निर्णयले हामीलाई अप्ठ्यारो पर्ने गरेको छ। कुनै पनि नयाँ नीति लागुगर्दा व्यवसायीका कुरा सुने यसले राम्रो हुन्छ।’

जवाफमा मन्त्री यादवले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता गरे। उनले यो व्यवसायीलाई समस्यामा नपार्ने र श्रमिकलाई पनि समस्यामा नपार्ने गरी कामहरु हुने बताए। उनले सरकारले गर्ने निर्णय व्यवसायीले मान्नुपर्नेसमेत बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here