देशभरको मौसम बदली ,कस्तो रहन्छ आगामी तीन दिन ?

काठमाडौं, ९ मंसिर । देशभर मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मुलुकभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको हो।

आज दिउँसो पनि देशका मध्य र पूर्वी क्षेत्रमा सामान्य तथा पश्चिमी भूभागमा मौसम आंशिक बदली रहनेछ। साथै पूर्वी तथा मध्य हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर ९ गते (सोमबार)

दिउँसो: देशका मध्य र पूर्वि भु-भागमा सामान्य बदली रही पश्चिमी भु-भागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहन्छ।

राती: देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भुभागमा आंसिक बदली रहनेछ। हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

मंसिर १० गते (मंगलबार)

दिउँसो: देशको पश्चिमी पहाडी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहन्छ।

राती: देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहन्छ।

मंसिर ११ गते (बुधबार)

दिउँसो: देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहन्छ।

राती: देशको पश्चिमी पहाडी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here