एनएमबि बैंकको ‘बलूनिङ्ग एण्ड रिभर्स बलूनिङ्ग’ घर कर्जा

काठमाडौं, ९ मंसिर । एनएमबि बैंकले आफ्नो घर कर्जा सुविधा अन्तर्गत एक नयाँ ुएनएमबि बलूनिङ्ग एण्ड रिभर्स बलूनिङ्गु योजना सुरु गरेको छ । बैंकमा घर कर्जा सुविधा लिन चाहने ग्राहकहरुले यस नयाँ योजना अन्तर्गत मासिक किस्ता तिर्ने गरी सार्वजनिक गरेको हो।

एनएमबि बैंकमा घर कर्जा सुविधा लिन चाहने ग्राहकहरुले यस नयाँ योजना अन्तर्गत अब आफ्नो आवश्यकताअनुसार सम–मासिक किस्ता (ईएमआई) बुझाउने विधि चयन गर्न सक्नेछन् ।

बलूनिङ्ग सुविधाले घर कर्जा लिने ग्राहकलाई लिएको सम्पूर्ण कर्जाको साँवा पुनःभुक्तानी गर्नलाई छनोट गर्ने अवसर प्रदान गर्दछ जसमा तिर्नुपर्ने किस्ताको केही अंशसम मासिक किस्ताबन्दीका दरले तिर्दै जाने र बाँकी हिस्सा वार्षिक रुपमा एकमुष्ठ दरले तिर्न पाउने सुविधा दिइन्छ ।

जसमा तिर्नुपर्ने किस्ताको केही अंश सम–मासिक किस्ताबन्दीका दरले तिर्दै जाने र बाँकी हिस्सा वार्षिक रुपमा एकमुष्ठ दरले तिर्न पाउने सुविधा रहेको बैंकले जनाएको छ।

अर्को वैकल्पिक रिभर्स बलूनिङ्ग सुविधाले घर कर्जा लिने ग्राहकलाई लिएको सम्पूर्ण कर्जाको साँवा पुनःभुक्तानीमा छनौट गर्ने मौका दिन्छ जस अनुसार ग्राहकको रोजाई र आवश्यकता बमोजिम प्रत्येक ५ देखि १० वर्षको अवधिमा मासिक किस्ता कम गर्दै लान सकिने व्यवस्था रहेको छ।

यस योजनाले ग्राहकहरुको सुविधा र प्राथमिकतामा आधारित रहेर कर्जा पुनः भुक्तानीमा सहजता दिलाउने उद्देश्य लिएको बैंकले जनाएको छ। नयाँ योजनाहरुले बैंकद्वारा उपलब्ध गराइएको विद्यमान घर कर्जा सुविधामा ग्राहकहरुका लागि थप सुविधा पुग्ने बैंकको दाबी छ।

एनएमबिले हाल १६३ वटा शाखाहरु, १२८ एटिएमहरु र ५ वटा एक्स्टेन्सन काउण्टरहरुको बृहत्तर सञ्जालमार्फत् देशभर सेवा प्रदान गर्दै आइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here