शेयर बजार स्थिर, २९ करोडको कारोबार

काठमाडौं, ९ मंसिर । सोमवार शेयर बजार स्थिर रहेको छ । नेीसे परिसूचक स्थिर रहदै १ हजार १ सय १०.०८ अंमा नै रह्यो ।

सोमवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्समा भने केही सुधार देखिएको छ । सेन्सेटिभ इन्डेक्स ०.५२ अंकले बढेर २ सय ४५.३८ अंकमा पुग्यो ।

सोमवार होटल, जलविद्युत, फाइनान्स, उत्पादन, अन्य र लघुवित्त समुहको सूचक बढ्यो भने बैकिङ्ग, ट्रेडिङ, विकास बैंक, निर्जीवन जीवन बिमा, जीनव बिमा र सामुहिक लगानी कोष समुहको सूचक घट्यो ।

सबैभन्दा धेरै अन्य समुहको सूचक बढ्यो । अन्यको सूचक ०.८० प्रतिशत बढ्यो । त्यस्तै, होटल समुहको ०.४७ प्रतिशत, लघुवित्तको ०.२६ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक घट्यो । ट्रेडिङ समुहको सूचक ०.८८ प्रतिशत घट्यो । त्यस्तै, समु्हिक लगानी कोषको ०.५९ प्रतिशत, जीवन बिमा समुहको ०.४९ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

सोमवार १ सय ६८ कम्पनीको १० लाख ७८ हजार १६ कित्ता शेयर किनबेच हुँदा २८ करोड ८८ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

सोमवार सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । मिथिलाको शेयर मूल्य ५.५४ प्रतिशत बढ्यो । त्यस्तै, महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको ३.८३ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा पञ्चकन्या माई हाइड्रोपावरका शेयर धनी रहेका छन् । पञ्चकन्याको शेयर मूल्य ६.०९ प्रतिशत घट्यो । त्यस्तै, स्ट्यान्डर चार्टर बैंकको ५.४० प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

सोमवार सबैभन्दा धेरै कारोबार गर्नेमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । बैंकले ३ करोड ६० लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here