कृषि विकास बैंकका शाखा अधिकृतसहित ८ जना विरुद्ध मुद्धा दायर, पौने ३ अर्ब बिगो दाबी

काठमाडौं, ९ मंसिर । कृषि विकास बैंकका शाखा अधिकृत केदारप्रसाद गौतम सहित ८ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

बैंकमा घोटला गरेको अभियोगमा ८ जना कर्मचारी विरुद्ध २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ बिगो दावी सहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कृषि विकास बैंक स्वयम्भूका तत्कालिन शाखा अधिकृत गौतमलाई ३४ करोड बिगोसहित अदालतमा मुद्दा दायर भएको छ । शाखा अधिकतृ गौतमले नक्कली नागरिकता बनाएर भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको हो।

आफ्नो नाम तेजबहादुर थापा बनाएर उनले नागकिरता तथा राहदानीसमेत लिएको पाइएको छ।अख्तियारले उनका दुई श्रीमतीसहित ८ जनालाई पनि प्रतिवादी बनाइएको छ।

कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँ दोषी करार गरेर अख्तियारले मुद्दा दायर गरेको छ। उनलाई ३४ करोड नै बिगो मागदाबी गरिएको छ।

शाखा अधिकृत गौतमसमेतले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानूनी तबरबाट ३३ करोड ९३ लाख रकम निकाली बैंकलाई हानिनोक्सी पुर्‍याएको अख्तियारको दाबी छ।

बैंकका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँले पनि आफू कार्यरत बैंकको रेमिट समेतको आर्थिक कारोबार, कर्मचारीहरुको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापनसमेतको सम्पूर्ण जिम्मेवारी र दायित्व रहेकोमा सो दायित्व गम्भीरतापूर्वक वहन गर्न नसकेको भन्दै उनी विरुद्ध पनि मुद्धा दर्ता भएको हो ।

साथै सम्झना पोखरेल, जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दिप गुप्ता र कृष्णहरि थापा विरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।

निजहरूले आफूहरूलाई गैरकानूनी फाइदा र नेपाल सरकारलाई हानी नोक्सानी र्पुयाएको पुष्टि हुन आएको हुँदा निजहरू उपर भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको सजायको मागदावी लिई सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

निजहरूले आफूहरूलाई गैरकानूनी फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी र्पुयाएको पुष्टि भएको भन्द भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम देहाय बमोजिमको विशेष अदालतमा आरोपत्र दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here