दोधारा चाँदनीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

पप्पु गुरुङ्ग, दोधारा,१० मंसिर । ‘समानताको पुस्ता,बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने मुल नाराका साथ माहाकाली नगरपालिकामा महिला हिंसा विरुद्धको १६ दिने अभियानको सुरु भएको छ ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको हो । कार्यक्रमका सभापति माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी रहेकी थिईन् ।

माहाकाली नगरपालिकाको वडा नं. ५ स्थित रहेको भानु बहुमुखी क्याम्पसमा संचालित अन्तरक्रिया कार्यक्रममा बिशिष्ठ अतिथी माहाकाली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्र रहेका थिए ।

अतिथीमा माहाकाली नगरपालिकाका वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका महिला बिकास शाखाका प्रमुख डम्मरा पन्त, अधिकारकर्मी भगवती थापा, प्रभुनिधी पन्त, ईश्वर पन्त लगाएत स्थानिय तथा महिला अधिकारकर्मीको समेत उपस्थिती रहेको थियो ।

निड्स नेपाल कञ्चनपुरको सहयोग र माहाकाली नगरपालिकाका कार्यालयको आयोजनामा संचालन भएको कार्यक्रममा अभियानलाई सफल बनाउनका लागि लैङ्गिक हिंसा विरुद्धको १६ दिन सम्म माहाकाली नगर क्षेत्रमा विभिन्न चेतनामुलक कार्यक्रम गरिने बताईएको छ् ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले महिला माथी हुने सवै खाले हिंसा रोक्न घर परिवारबाटै अभियानको सुरुवात गर्नु पर्ने बताएका छन् । साथै कानुनमा समेत कडाइ गर्नु पर्ने उनले बताएका छन् ।

कुनै पनि खालको हिंसाले समाजमा कसैको पनि भलो नहुने बताउदै हरेक हिंसाले समाजमा बिभेद, द्धन्द्ध ल्याउनुका साथै आपसी सद्भाव र सहकार्य पनि कमजोर बन्दै जाने माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारको भनाई रहेको छ ।

‘समानताको पुस्ता ः बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने मुल नाराका साथ माहाकाली नगरपालिकामा महिला हिंसा विरुद्धको सोह्र दिने अभियानको आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । जब सम्म महिला र बालिका सुरक्षित हुदैनन् तब सम्म हिंसामा कमी नहुने बक्ताहरुले बताएका छन् ।

हिंसा सहेर बस्न नहुने बताउदै हिंसाको प्रतिकार गर्नु पर्नेमा बक्ताहरुको जोड दिएका थिए । महिलाहरुले आफ्नो अधिकार उपभोग गर्ने वातावरण नबने सम्म कुनै पनि घर, परिवार र समाज हिंसा मुक्त हुन महिला अधिकारकर्मीहरुको भनाई रहेको थियो ।

महिलाहरुको सहभागीता र उनीहरुको समानता विना मुलुक अगाडि बढ्न नसक्ने बताउदै सबैले कुनै पनि हिंसा नगर्ने प्रण गर्नु पर्नेमा माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी गिरी ओझाले बताएका छन् ।

महिलाहरु अझै पनि मानसिक, समाजीक, आर्थिक हिंसा बाट पिडित भैरहेका छन जस्ले गर्दा परिवार, समाज र देशलाई नै नराम्रो प्रभाब पारिरहेको र हिंसा कुनै बाहिरको ब्यक्ति बाट नभई आफन्त बाट नै हुनु दुर्भाग्यपुर्ण भएको बताउदै उनले यसलाई न्युनिकरण मात्र नभएर जरै देखी अन्त्य गर्नु पर्नेमा उनको जोड थियो ।

महिला हिंसा विरुद्धको सोह्र दिने अभियानको क्रममा माहाकाली नगरको वडाहरुमा समेत बिभिन्न चेतनामुलक कार्यक्रम संचालन गरिने माहाकाली नगरपालिका महिला बिकास शाखाका शाखा प्रमुख डम्मर पन्तले जानकारी दिएका छन् ।

कार्यक्रममा महिला मानव अधिकार रक्षक संजालका सचिव तथा महिला अधिकारकर्मी भगवती थापाले समाजमा विभिन्न खालको हिंसा विधामान रहेको बताउदै त्यस्ता हिंसाका विरुद्ध सबैले आवाज उठानु पर्नेमा बताए ।

उनले हिंसालाई शुन्यमा झार्ने हो भने त्यसको सुरुवात आफु र आफ्नो घरबाटै गर्नु पर्ने बताए । १६ दिनमा मात्र यो अभियानलाई सीमित नराखी अन्य सबै सरोकारवालाहरुको समन्वयमा ३ सय ६५ दिननै सञ्चालन गरी समाजलाई लैङ्गिक हिंसा र दुव्र्यवहार मुक्त बनाउन कार्यक्रममा बताईएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here