शेयर बजारमा सुधार, नेप्से साढे ८ अंकले बढ्दा २१ करोडको कारोबार

काठमाडौं, ११ कात्तिक । केही दिनयता ओरालो लागिरहेको शेयर बजारमा बुधवार सुधार देखिएको छ । बुधवार नेप्से परिसूचक ८.३० अंकले बढेर १ हजार १ सय १७.४६ अंकमा पुगेको छ ।

बुधवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्समा सुधार आयो । सेन्सेटिभ इन्डेक्स १.७४ अंकले बढ्यो ।

बुधवार ट्रेडिङ बाहेक अन्य सबै समुहको सूचक बढ्यो । ट्रेडिङ सूचक ५.२७ प्रतिशतले घट्यो ।

सबैभन्दा धेरै बढ्नेमा समुहिक लगानी कोष रहेको छ । सामुहिक लगानी कोषको सूचक २.७३ प्रतिशतले बढ्यो । त्यस्तै, अन्य समुहको १.६१ प्रतिशत, जीवन बिमा समुहको १.२३ प्रतिशत बढ्यो ।

बुधवार कारोबारमा भने कमी आएको छ । मंगलवार २९ करोडको कारोबार भएकोमा बुधवार १ सय ६५ कम्पनीको ७ लाख ३८ हजार ४ सय ४६ कित्ता शेयर किनबेच हुँदा २१ करोड २३ लाख ६३ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भयो ।

बुधवार सबैभन्दा धेरै रिडी जलविद्युत विकास कम्पनीका शेयर धनीले कमाए । रिडी जलविद्युतको शेयर मूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै, गुर्खाज फाइनान्सको ९.४३ प्रतिशत बढ्यो भने अन्य कम्पनीको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा साल्ट ट्रेडिङ कार्पोरेसनका शेयर धनी छन् । कर्पोरेसनको शेयर मूल्य ६.९२ प्रतिशत घट्यो । त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ४.१९ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

बुधवार सबैभन्दा धेरै कारोबार गर्नेमा एनएमबी बैंक रहेको छ । बैंकले २ करोड ७५ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here