सिटिजन्स बैंक र स्पार्क हेल्थ होम हस्पिटलबीच सहकार्य

काठमाडौं, १२ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल र स्पार्क हेल्थ होम हस्पिटलबिच बैंकका ग्राहक महानूभावलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकमहानूभावले स्पार्क हेल्थ होम हस्पिटलमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँनेछन् ।

यो सेवा स्पार्क हेल्थ होम हस्पिटलका काठमाण्डौ उपत्यकाका चारवटै शाखा कार्यलय (चावहिल, सतुंगल, भक्तपुर र सोल्टीमोड) बाट उपलब्ध हुनेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक महानूभाव लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here