१ रुपैयाँमा उपचार, १० रुपैयाँमा भरपेट खाना !

काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ, १ रुपैयाँमा उपचार र १० रुपैयाँमा भरपेट खाना । मंहगीले आकास छोएको नेपालमा त पक्कै यो सम्भव छैन । तर, भारतमा यही सुविधा पुर्याउने दावि गर्दै चुनाव जितेका सांसद अब महाराष्ट्र राज्यको मूख्यमन्त्री बनेका छन् ।

शिवसेनाका प्रमुख उद्धव ठाकरे महाराष्ट्रको नेतृत्वमा आएका हुन् । उनी शिवसेना, एनसीपी र कांग्रेसको गठबन्धनका माध्यमबाट मूख्यमन्त्रीमा आएका हुन् । यसैबीच गठबन्धनले बिहीबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

महाराष्ट्र विकास आघाडी (एमबीए) गठबन्धनले कृषकका लागि ऋण माफ गर्नेदेखि राज्यमा स्थानीय युवालाई ८० प्रतिशतसम्म नोकरीमा आरक्षणको ग्यारेन्टी गर्ने घोषणा समेत गरिएको छ । अब महाराष्ट्र राज्यका कृषकको सबै ऋण माफी हुने भएको छ ।

१ रुपैयाँमा क्लिनिक खुल्ने भएको छ । जहाँ प्राथमिक उपचारको सबै व्यवस्थ हुनेछ । विधानसभा निर्वाचनका दौरान शिवसेनाले १० रुपैयाँमा भरपेट खाना खाने व्यवस्थ गर्ने नारा अगाडी सारेको थियो । त्यसको खुब चर्चा पनि भएको थियो ।

यस योजनालाई समेत न्यूनतम कार्यक्रममा समावेश गरिएको छ । उद्धव ठाकरेले बिहीबार नै पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्
एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here