मोटरसाइकल ओभर टेक गरेको भन्दै युवाको हत्या

फाइलफोटो

कञ्चनपुर,१३ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा चक्कु प्रहार गरेर एक जनाको हत्या गरिएको छ । भीमदत्त नगरपालिका–४ गोबरियामा महाकाली नगरपालिका–३ का दीपक पन्तको चक्कु प्रहार गरि हत्या गरिएको हो ।

मोटरसाइकल ओभर टेक गरेको भन्दै युवाहरुको एक समुहले गोबरियामा पन्तमाथी चक्कु प्रहारका साथै हेलमेट लगायतका हतियार प्रहार गरेको थियो ।

चक्कु प्रहारबाट घाइते भएका पन्तको उपचारको क्रममा भारतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए । घटनामा संलग्नको आरोपमा ५ जनालाई नियन्त्रणमा लिइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here