सेनाले एमबीबीएसको शुल्क समायोजन गर्यो, २०७३/७४ बाटै लागु हुने

काठमाडौं, १४ मंसिर । नेपाली सेनाले आफूले सञ्चालन गरेको मेडिकल कलेजमा एमबीबीएसको शुल्क समायोजन गरेको छ ।

सैनिक कल्याणकारी कोषले सञ्चालन गरेको नेपाली सेना स्वास्थ्य विज्ञान संस्थाबाट शैक्षिक वर्ष २०७३/७४ र त्यसपछि भर्ना भएका एमबीबीएसका विद्यार्थीको शिक्षण शुल्क समायोजन हुने भएको हो ।

त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, डिनको कार्यालयको निर्देशनअनुसार शुल्क मिलान गरिएको सेनाले जनाएको छ । शुक्रबार बसेको स्वास्थ्य विज्ञान सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यद्यपि अघिल्ला शैक्षिक शत्रमा भर्ना भएका विद्यार्थीको शुल्क समायोजनका लागि सेनाले चिकित्सा शिक्षा आयोगको निर्णय पर्खिने भएको छ । शैक्षिक वर्ष २०७४/७५ को शुल्क भने डिनको कार्यालयको निर्णयअनुसार समायोजन गरिसकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here