एनएमबी बैंकले पायो साफामा कर्पोरेट गभर्नेन्ससहित दुई अवार्ड

काठमाडौं, १५ मंसिर । एनएमबी बैंक सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स २०१८ बाट पुरस्कृत भएको छ ।

उक्त पुरस्कारले उच्च तहको कर्पोरेट गभर्नेन्स तथा पारदर्शिताको लागि बैंकको बचनबद्धतालाई प्रमाणित गरेको बैंकले बताएको छ ।

यसका साथै बैंक साउथ एसियन फेडेरेशन अफ अकाउन्टस् (साफा) वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड (सर्टिफिकेट अफ मेरिट) बाट पनि पुरस्कृत भएको छ ।

बैंकलाई उक्त पुस्कार बंगलादेशको राजधानी ढाकामा आयोजित एक कार्यक्रम प्रदान गरिएको हो । साफा कमिटी फर इम्प्रुभमेन्ट इन ट्रान्स्परेन्सी, अकाउन्टेविलिटी एण्ड गभर्नेन्सले विभिन्न विधामा प्रदान गर्ने यि अवार्डहरु दक्षिण एसियाली राष्ट्रका कम्पनीहरुले प्रकाशन गर्ने वार्षिक प्रतिवेदनको मूल्यंकनको आधारमा प्रदान गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here