१३ औं साग: नेपाललाई तेस्रो स्वर्ण

काठमाडौं, १६ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ ।

सोमबार भएको तेक्वान्दोको पुम्सेमा २९ वर्षमुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । त्यस्तै ट्रायथोलनमा महिलातर्फ नेपालले दोस्रो स्वर्णपदक जितेको थियो ।

सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी थिईन् । पहिलो स्वर्ण पदक भने कराँतेका मण्डयकाजी श्रेष्ठले एकल कातामा जितेका थिए । यससँगै सागमा नेपालको तीन स्वर्ण, एक रजत र एक काष्य भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here