नेपालले श्रीलंकालाई दियो १ सय ७३ रनको लक्ष्य, दिपेन्द्रको उत्कृष्ट व्याटिङ

काठमाडौं, १७ मंसिर । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) पुरुष क्रिकेट प्रतियोगितामा नेपालले श्रीलंकालाई १ सय ७३ रनको लक्ष्य दिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ५ विकेट घुमाउदै १ सय ७२ रन बनाएको हो ।

दिपेन्द्र एक्लैले बनाए ७२ रन

प्रतियोगीतामा नेपालका भरपर्दा व्याट्म्यानको रुपमा रहेका दिपेन्द्र सिहँ ऐरीले उत्कृष्ट प्रदर्शन गरे ।

कुल ४४ बलको सामना गरेका दिपेन्द्रले ४ चौंका र ३ छक्काको सहयोगमा ७२ रनको योगदान दिए ।

यसका साथै पवन सराफले २२ रन, विनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्ले समान २१/२१ रनको योगदान दिए ।

आरिफ सेख १९ रनमा आउट हुँदा पासर खड्का १ रन र अलराउण्डर करन के.सी १ रनमा अभिजीत रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here