धर्म गुरुमाथिको प्रहार हाम्रो धर्म,संस्कार र देवभक्ति सिध्याउने रणनीति

काठमाडौं, १७ मंसिर । विश्व भूमीभक्त हुमबहादुर कार्कीले पछिल्लो समय धर्ममाथि नै प्रहार भएको टिप्पणी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले ‘नेपालमा धर्ममाथि पछिल्लो समय लगातार प्रहार भैरहेको बताएका हुन् । सम्पूर्ण धर्मभक्तहरु एकीकृत भएर धर्ममाथि भएको प्रहारका विरुद्धमा लड्नुपर्ने उनको भनाई छ ।

उनले भने,‘नेपालमा धर्ममाथि पछिल्लो समय लगातार प्रहार भैरहेको छ, घटनाको सत्य तथ्य सार्वजनिक नै नभई धर्म गुरुको बदनाम भएको छ । गुरुहरुले गल्ती गर्नुभएको छ भने कानूनी रुप बराबरले गल्तीको सजाय पाउनुपर्छ । तर, हाम्रो हिन्दू शक्ति पीठहरुलाई नै बदनाम गरिएको छ । यहाँ एउटा गुरुको मात्रै बदनाम भएन् । हाम्रो संस्कार र देवभक्तिको नै बदनाम भएको छ ।

यसलाई बचाउनुपर्ने दायित्व सम्पूर्ण विद्यार्थी वर्ग, प्राविधिक शिक्षा हासिल गरेका चिकित्सक, ईन्जिनियरहरु सबै, पत्रकारहरुले पनि कलम चलाउनुपर्ने अवस्था आएको छ ।’

उनले आफुहरु छिमेकी–छिमेकी भक्तजनहरुलाई दोष देखाएर दुई छिमेकी भक्तले मात्रै संस्कार मान्ने गरेका छौं । हाम्रो धर्म मान्ने गरेका छौं । अन्य सृष्टिका भक्तले यो दुई देवलोकलाई सिध्याउने रणनीति गरेको हो कि भन्ने लक्षण देखिएको छ । सम्पूर्ण न्यायप्रेमीहरुले कलम चलाउनुपर्यो । स्वर्गजस्तो सुन्दरताको शान्तिको विगुल फुकौं ।

उनले भने,‘देवलोकलाई युद्धभूमी नबनाऔं ।’ उनले कुनै धर्म गुरु पक्राउ पर्दैमा त्यसलाई ढाकछोप गर्ने आफ्नो नियत नरहेको पनि स्पष्ट पारे । उनले थपे,‘हिन्दू धर्मलाई बचाउनुपर्छ । तर, दोषी जोसुकै होस, राजाले गल्ती गरेपनि, राष्ट्रपति, प्रधानमन्त्री, वा मन्त्रीहरुले गल्ती गरे उनीहरुलाई पनि कानूनी दायराभित्र ल्याउनुपर्छ ।’

उनले विश्वकै सृष्टि र धर्म बचाउनको लागि आफूले फूलको चक्र चलाईरहेको पनि जानकारी दिए । उनले भने,‘यो अन्य लडाईको चक्र होईन, मैले फूलको चक्र चलाईरहेको छु । कोही पनि आँत्तिनुपर्दैन् । मैले सबैको मन मनमा शान्ति छाओस् भनेर नै भर्खरै दोलखा भीमेश्वरमा क्षमा पूजा गरेको छु । र, विश्व जगत नै शुभ शान्तिको लक्ष्य होस् भन्ने कामना गर्दै पूजा गरेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here