राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा निर्मलहरि अधिकारी

काठमाडौं,१७ मंसिर । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा पूर्वसहसचिव निर्मलहरि अधिकारी चयन भएका छन्।

सञ्चालक समिति बैठकले उनलाई सो पदमा ४ वर्षको लागि नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालसँग पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

असोज २० गते सेवा निवृत्त भएका अधिकारीलाई सरकारले बैंकको सञ्चालक समितिको अध्यक्षता गर्ने गरी सदस्य पदमा नियुक्त गरेको थियो।

अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेसँगै बैंक सञ्चालक समितिको बैठकले अध्यक्षमा अधिकारीलाई चयन गर्ने निर्णय गरेको थियो। सञ्चालक समितिको बैठकबाट अध्यक्ष चयन भएपछि उनले गभर्नरसँग सपथ लिएका हुन्।

अधिकारी अर्थ मन्त्रालयको सहसचिव रहँदा पनि यही बैंकको सञ्चालक समितिको सदस्य थिए। जनप्रशासन र नेपालीमा स्नातकोत्तर अधिकारीले अर्थशास्त्रमा स्नातक गरेका छन्।

सरकारी सेवामा करिब ३९ वर्ष बिताएका अधिकारी बजेट र राजस्व प्रशासनमा दख्खल राख्ने कर्मचारीका रुपमा चिनिन्थे। अर्थमन्त्री डा युवराज खतिवडाले अधिकारीलाई सुरुमा बजेट तथा कार्यक्रम महाशाखा र पछि राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here