बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल सर्वसम्मत

काठमाडौं, १७ मंसिर । नेपाल बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल सर्वसम्मत भएका छन् । मंगलबार सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दाहाल एक्लैको मनोनयन पत्र दर्ता भएसँगै उनी सर्वसम्मत भएका हुन् ।

यद्यपि यसको औपचारिक घोषणा बिहीबार हुने संघको बार्षिक साधारणसभामा मात्रै हुनेछ । यस्तै संघको उपाध्यक्षमा एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर चयन भएका छन् ।

यस्तै संघको सदस्यहरुमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी चयन भएका छन्।

सर्वसम्मत भएपछि दाहालले राष्ट्र बैंकसँग सहकार्य गर्दै बैंकिङ क्षेत्रलाई बलियो बनाउन र बैंकरहरुको मनोबल उच्च राख्न आफूले काम गर्ने बताए । संघमा यसअघि एनबी बैंकका सीईओ ज्ञानेन्द्र ढुगाना अध्यक्ष थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here