काठमाडौं, १८ मंसिर । नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगदरहित कारोवारलाई प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको छ ।
यस अभियानमा हालसम्म बैंकको मोवाईल बैंकिङ्ग मार्फत कुनै पनि कारोवार नगरेका ग्राहकहरुले NT/NCELL/SMART CELL mobile मा top-up गर्दा पहिलो पटक top-up गरेको रकमको 20% cash back प्राप्त गर्नेछन् । यो अभियान २०७६ मंसिर १५ गते देखि लागु भई २०७६ फाल्गुन १४ गते सम्म संचालन हुनेछ ।
हाल सम्म मुक्तिनाथबाट मोवाईल बैंकिङ्ग नलिएका वा लिएर पनि कारोवार नगरेका ग्राहकहरुले यो फाईदा लिन सक्नेछन् । यसबाट ग्राहकहरुले मोवाईल रिर्चाज कार्ड किन्ने झन्झट बाट मुक्ति पाउनुको साथै नगद लाभ पनि लिने बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।