नेपाल पदक तालिकाको शीर्ष स्थानमा,पछ्याउँदै भारत

काठमाडौं, १८ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेल चलिरहँदा नेपाल पदक तालिकाको शीर्ष स्थानमै रहेको छ।

नेपालले अहिलेसम्म २९ वटा स्वर्ण पदक जितिसकेको छ। नेपालले अहिले सम्म २९ स्वर्ण,१२ रजत र १७ कास्यगरि ५८ पदक जितेको छ ।

भारत २३ स्वर्ण सहित पछि पछि आई रहेको छ । भारतले २३ स्वर्ण १९ रजत १२ कास्य सहित ५४ पदक जितेको छ ।

श्रीलंक ६ स्वर्ण, पाकिस्तान ६, बंगलादेश ४ माल्दिभले १ स्वर्ण जितेको छ भने भुटानले अहिले सम्म स्वर्ण जित्न सकेको छैन् ।

अहिलेसम्म सागमा स्वर्ण दिलाउने नेपाली खेलाडीहरु

१. मण्डेकाजी श्रेष्ठ (पुरुष एकल काता) कराँते
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्र्रविण मानन्धर (पुरुष टिम काता) कराँते
३. निर्मला तामाङ, संगीता मगर र सरु कार्की (महिला टिम काता) कराँते
४. लक्ष्मण तामाङ (५५ केजी) कराँते
५. विप्लवलाल श्रेष्ठ (८४ केजीमाथि) कराँते
६. कुसुम खड्का (४५ केजीमुनि) कराँते
७. अनु अधिकारी (५० केजीमुनि) कराँते
८. नवीन रसाइली (६७ केजी) कराँते
९. सुनिता महर्जन (६८ केजी) कराँते
१०. अनुपमा मगर (६८ केजी) कराँते
११. कलम श्रेष्ठ (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१२. सिना मादेन लिम्बू (१७–२३ वर्ष) तेक्वान्दो पुम्से
१३. पार्वती गुरुङ (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१४. आयशा शाक्य (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१५. आयशा शाक्य र सञ्जिवकुमार पाण्डे (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना (१७–२३ वर्ष) पुम्से महिला टिम
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई (२३–२९ वर्ष) पुम्से महिला टिम
१८. काजल श्रेष्ठ (४६ केजीमुनि) तेक्वान्दो
१९. वीरबहादुर महरा (६८ केजीमुनि) तेक्वान्दो
२०. सोनी गुरुङ– ट्रायथलन
२१. हिमाल टमाटा– डुवालोथन
२२. विजय सिञ्जाली– उसु (थाउलो)
२३. सुस्मिता गुरुङ– उसु (थाउलो)
२४. दीपक हमाल– उसु (थाउलो)
२५. सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर)
२६. राजेश मगर – साइक्लिङ (डाउनहिल)
२७. निश्मा श्रेष्ठ – साइक्लिङ (डाउनहिल)
२८. संगीता बस्याल – तेक्वान्दो(६७ केजीमुनि)
२९. सक्षम कार्की – तेक्वान्दाे, पुरुष ८७ केजी ताैल समूह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here