भुटानविरुद्ध नेपालको विशाल लक्ष्य,कप्तान मल्लको पहिलो टी–२० अन्तर्राष्ट्रिय शतक

काठमाडौं,१९ मंसिर । १३ औँ साग अन्तर्गत भुटानविरुद्ध टि–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालले विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको शानदार शतको मदतमा २३७ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३६ रन बनाएको हो ।

टि–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा यो नेपालको उच्चतम स्कोर हो । नेपालका लागि पारस खड्काले २८ बलमा ५७, दिपेन्द्रसिहं ऐरीले २७ बलमा ४५ रन बनाए । मल्ल ५५ बल सामना गर्दै ९ छक्का र ४ चौकाको मद्धतले १०७ रन बनाए । कप्तान मल्लको यो नै पहिलो अन्तर्राष्ट्रिय टी–२० शतक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here