१३ औं साग : १७ खेलबाट १९ स्वर्णको छिनोफानो हुँदै

काठमाडौं,१९ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आज बिहिबार विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

बिहिबार क्रिकेट, फुटबल, गल्फ, ह्यान्डबल, कब्बडी, पौडी, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बिच भलिबल, भारोत्तोलन र उसुमा प्रतिस्पर्धा हुनेछ।

आज हुने क्रिकेटमा पुरुषतर्फ नेपाल भुटानसँग भिड्दैछ। सोही मैदानमा दिउँसो १ बजे श्रीलंका र माल्दिभ्स भिड्नेछन्। माल्दिभ्सले श्रीलंका यू–२३ संग खेल्ने छ। त्यस्तै पोखरामा हुने महिला क्रिकेटमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ।

पोखरामा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल खेल हुँदैछ । बाँकी खेल काठमाडौंमा हुनेछ । दशरथ रंगशालामा हुने पुरुष फुटबमा आज भुटान र माल्दिभ्स तथा श्रीलंका र बंगलादेश भिड्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here